बुटवल – ११ को सुकुम्बासी वस्तीमा एमाले कार्यकर्ताबाट मौन अवधि उल्लंघन

बुटवल उपमहानगरपालिका वडा नंं ११ को तिलोत्तमानगर टोलमा एमाले कार्यकर्ताले निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिको अवज्ञा गरेका छन् ।

एमाले समर्थित महिलाहरुले नमूना मतपत्र लिएर घरघरमा गई मतदाता प्रभावित गरेको फेला परेपछि स्थानीय बब्लु मल्लसहित युवाको टोलीले नमूना मतपत्र र छाप ९स्ट्याम्प० खोसेर अस्थायी प्रहरी चौकी देविनगरमा बुझाइदिएको छ ।

युवाको समूहले आचारसंहिता विपरित गतिविधिबारे प्रहरीलाई जानकारी गराउन खोजेपछि एमाले कार्यकर्ता भागेका मल्लले जानकारी दिए । एमाले कार्यकर्ताको साथबाट युवाहरुले करिब ५० वटा नमूना मतपत्रको बण्डल खोसेर प्रहरीलाई बुझाएको अस्थायी प्रहरी चौकी देविनगरले पुष्टी गरेको छ ।

बुटवलको वडा नंं ११ नगरमा सबैभन्दा धेरै सुकुम्बासी तथा अब्यवस्थित बसोबासी बस्ने वडा हो । १७ हजार मतदाता रहेको यो वडामा वहुमत मतदाता सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । चुनाव अघि लालपुर्जा दिन्छौं भनेपनि पटक पटक चुनाव जितेर सुकुम्बासी समस्या समाधान नगरेको भन्दै यहांका मतदाता यसपटक एमालेसंग रुष्ट छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation