![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/press-council-nepal-building-public-.jpg)
स्थानिय तह निर्वाचन आचार संहिता उल्लघंनको आरोपमा प्रेस काउन्सिल नेपालले विभिन्न संचार माध्यममाथि कारबाही गरेको छ ।
काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराका अनुसार १३९ मिडियालाई कारबाही गरिएको छ । त्यस्तै ४४ वटा बेब पोर्टललाई नेपाल भित्र सम्प्रषण हुन नसक्ने व्यवस्था र २५ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ ।
उनका अनुसार १३९ संचार माध्यममा गत चैत्र २६ गतेदेखि हालसम्म १५० वटा भन्दा बढी आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएका छन् । आजै राती शुरु हुने मौन अवधिमा आचार संहिता पालनामा थप सचेत रहन समेत काउन्सिलले निर्देशन दिएको छ ।
कुन संचार माध्यममाथि कस्तो कारबाही –