![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/chitrabahadur-karki243.jpg)
स्थानिय तह निर्वाचनको प्रचारप्रसारको अन्तिम प्रहर चलिरहेका बेला सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि माओवादी केन्द्रका युवाहरु माथि आक्रमणको प्रयास गरेको आरोप लागेको छ । कार्कीले जनतामा भ्रम सिर्जना गरेको र घुसपैठ गरेको सुइको पाएपछि युवाहरु आक्रोशित भएका हुन् । गाडि रोक्न खोज्दा पनि नरोकेपछि मोटरसाइकल अगाडि लगेर रोक्न खोज्दा यस्तो आरोप लागेको हो ।
सैनामैना नगरपालिका–९ बासगढी पिपलडाँडा बालउद्यान नजिकै राजमार्गमै माओवादी केन्द्रका कार्यकर्ता भीमबहादुर सार्कीलगायतका युवाहरुले मेयरका उम्मेदवार कार्की जादैँ गरेको गाडि रोक्ने प्रयास गरेका हुन्।
एमालेका केही कार्यकताहरुले युवाहरुले आक्रमणको प्रयास गरेर गल्ती भएको बताएका छन् तर इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख जगतनाथ मरासिनीले हातले रोक्ने प्रयास गरिरहेको नदेखेको भन्दै मोटरसाइकलले उछिनेर मेयरका उम्मेदवार चढेको गाडीलाई छेकेर रोकेको तर आक्रमण भने नभएको बताएका छन्।