२९ र ३० गते हुने स्थानिय निर्वाचनको बहिस्कारको क्रममा गए राति भएका बिस्फोटनको सम्पूर्ण जिम्मा नेकपा(माओवादी) ले लिने भएको छ । बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा (बहुमत) पार्टीको संलग्नताको आशंकामा बास्तोला सहित राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम राखेको छ । पार्टी महासचिवद्वारा जारी विज्ञप्ति र पर्चामा स्थानीय तहको निर्वाचन बहिष्कारको विषय उल्लेख गरिएको छ । तत्कालीन नेकपा (माओवादी) बाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको हो ।
निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ । सर्वसाधारण पनि निर्वाचनमा सहभागी हुने भएकाले उद्योग, कलकारखाना, व्यवसाय सबै बन्द हुने निश्चित छ । सवारी साधन नचलेपछि सर्वसाधारणको आवतजावत ठप्प हुने निश्चित छ । साथै बिना कारण प्रकाउ गरेका सम्पूर्ण नेता कार्यकर्ताको रिहाईको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।