अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले निर्वाचनलाई जोड्यो एमसीसीसगँ

नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिक्रियावादी राज्य व्यवस्थाको चुनाव बष्किार गर्ने बताएको हो । नेकपा(क्रा.मा) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले स्थानीय तह निर्वाचन बहिष्कारको आह्वान गरेको छ । मोहन वैद्य नेतृत्वको ट्रेड युनियनले चुनावले प्रतिक्रियावादी स्वार्थहरुको मात्रै अनुमोदन गर्ने भन्दै निर्वाचन बहिष्कारको घोषणा गरेको हो ।

 

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेर साम्राज्यवादी शक्तिसँग गठजोड गर्न पुगेका संसदीय पार्टीहरुले आयोजना गर्ने चुनाव प्रतिक्रियावादी स्वार्थमा मात्रै केन्द्रित भएको महासंघको आरोप छ । साथै, महासंघले पर्सि हुने निर्वाचनको विरोध गर्दै सशक्त बहिष्कारको निम्ति सबैलाई आग्रह गरेको हो ।

 

महासंघले प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौँ, प्रतिक्रियावादी राज्य व्यवस्था मुर्दावादको नारासहित चुनाव बहिष्कार गरेको हो । यसअघि नै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचनको औचित्य पुष्टी नभएको भन्दै बहिष्कारको निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation