रोल्पामासमेत काँग्रेसको अग्रता

रोल्पाको गँगादेव गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवारहरुको प्यानल विजयी भएको छ । योसँगै काँग्रेसले रोल्पामासमेत विजयी सुरुवात गरेको हो ।

 

नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मत ल्याउँदा एमालेले २ सय ४० र माओवादीले २ सय २४ मत ल्याएको छ ।

 

यस्तै, ७ नम्बर वडामा पनि काँग्रेसले अग्रता लिएको छ । समग्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि काँग्रेसले नै अग्रता लिइरहेको बताइन्छ ।

 

७ नम्बर वडामा माओवादी तेस्रो स्थानमा देखिन्छ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि अरु दलभन्दा पछि देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation