शुद्धोधनमा काङ्ग्रेसभन्दा एक मतले अगाडि जसपा – गडेरीयाको जीत

रुपन्देहीको शुद्धोधन गाँउपालिकामा जनता समाजवादी पार्टीले विजयी प्राप्त गरेको छ।

 

रुपन्देहीमा शनिवार सम्पन्न स्थानीय तहको निर्वाचनमा विजय भएको पहिलो घोषणा हो।

 

शुद्धोधन गाँउपालिकाको वडा नं १ मा भर्खरै सम्पन्न मत परिणाम अनुसार जनता समाजवादी पार्टीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल)ले विजय हासिल गरेका हुन। उनी एक मत अन्तरले मात्रै उनी विजय भएका हुन।

 

उदयराज गडेरीयाले ९९२ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवारले ९९१ मत पाए भने एमालेले उक्त वडामा २१२ मत पाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation