
बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नं. २ मा सुनिल शाक्य विजयी भए । घोषणा हुन बाँकी छ ।
उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले विजयी भएका हुन् । वडा नं. २ लाई एमालेले आफ्नो गढ भन्दै आएको थियो ।