
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमालेले ७ मतको अग्रता लिएको छ।
तिलोत्तमा नगरपालिका अहिले सम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले १ हजार ३सय ३१ मत पाउदा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईले १ हजार ३ सय २४ मत पाएका छन।
वडा नं १ र वडा नं १७ को मत गणना जारी रहदा उनीहरु बिच ७ मतको अन्तर छ। भने उप प्रमुख पदमा नेकपा एमालेले दोब्बर बढी मतको अग्रता लिएको छ।
उपप्रमुखमा नेकपा एमालेकी जागेश्वरी चौधरीले १ हजार २ सय ५ मत पाउदा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ सय ७४ मत पाए।