चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु २७ हजार ७८ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् । जहाँ सुवेदीलाई रेनुले ५ हजार १८ मतले पछि पारेकी छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्।
उपप्रमुखमा पनि गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मतका साथ अग्रतालाई कायमै राखेका छन् । उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मतसहित पछ्याइरहेकी छन्।