उच्च राजनीतिक संस्कारको विकास गरौं – नारायण महत

स्थानीय तह निर्वाचन – २०७९ मा सैनामैना नगरपालिकाका उप–प्रमुख पदका उम्मेदवार नारायण महत चुनावमा  उप–विजेता भएका छन् ।

गठबन्धनलाई जनताले गरेको माया र सहयोग अविस्मरणीय रहने र फेरि पनि सोही माया र सहयोगको अपेक्षा राखेका छन् । उनले भनेका छन्, हामीलाई माया र साथ सहयोग गर्नुहुने तपाईँहरु समेतलाई निराशा भएको महसुस गरेको छु । चुनाव मा हार र जित हुनु स्वभाविक भएको हुनाले यस लडाईलाई मैले हार र जितको रुपमा नलिईकन तपाईहरुले दिनुभएको भुमिकालाई अर्थ पुर्ण रुपमा लिएको छु । साथै हाम्रा शुभचिन्तक र सहयोगी हरुलाई पनि यसरी नै बुझिदिनुहुन अनुरोध गर्दछु ।’

जानअन्जानमा भएका कमिकमजोरीहरुप्रति क्षमा याचना गर्दै आगामी दिनमा समेत यसरी नै सहकार्यको अपेक्षा सहित आम नगरबासीको सुख दुखमा जनताकै साथमा रहने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै, संयुक्त लोकतान्त्रिक गठबन्धनका नेपाली काङ्ग्रेस सैनामैना नगर समिती, गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राजमो, नेकपा(एस), जसपा लगायत सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

साथै, ओहोदा अनुसार माया र सम्मान गर्न, अनावश्यक रुपमा तिक्तता फैलाउने कुराहरुमा सजक हुन, कसैलाई आक्षेप लगाउने कार्य नगर्न र उच्च राजनीतिक संस्कारको आचरण प्रदर्शन गर्न समेत अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation