
काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै घटनाका बारेमा खुलासा गरेकी थिइन् ।