सैनामैना नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान

साया किरण । रुपन्देहीको सैनामैना नगरपलिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह चुनावबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आईतवार(आज) सैनामैना नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरीएको हो ।

 

सैनामैना नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख फणिन्द्र शर्मा , उपमेयर बिना राना, वडाध्यक्ष र सदस्यहरू गरी ५७ जनालाई सैनामैना नगरपालिकाको मुख्य निर्वाचन कार्यालयका अधिकृत बिनोद प्रसाद घिमिरेले प्रमाण–पत्र वितरण गर्नु भएको थियो भने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले टिका र खादा लगाई ५ वर्षे सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

सैनामैना नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा माओवादीका भुवन क्षेत्री, वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेका अमरबहादुर कडेंल , वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा, वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसका राम प्रसाद अधिकारी, वडा नम्बर ५ मा नेकपा एमालेका धनप्रसाद पौडेल, वडा नम्बर ६ नेपाली काङ्ग्रेसका गोपाल पोख्रेल, वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका राज कुमार चौधरी ,वडा नम्बर ८ मा नेकपा(एमाले)का बुद्दिराम चौधरी, वडा नम्बर ९ मा नेकपा एमाले भानु पाण्डे, वडा नम्बर १० मा नेकपा एमालेका कृष्ण प्रसाद घिमिरे र वडा न ११ मा नेकपा एकालेका राम प्रसाद भुसाल विजयी हुनु भएको छ । नगर प्रमुख फणिन्द्र शर्मा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनु भएको हो भने, उपमेयर बिना राना एमालेबाट निर्वाचित हुनु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation