किन गरिन कान्सको रेड कार्पेटमा अर्धनग्न युवती प्रवेश ?

साया किरण । कान्स फिल्म फेस्टिभलमा कडा सुरक्षाका बाबजुद पनि एक युक्रेनी युवती रेड कार्पेटसम्म पुगेर ‘स्टप रेपिङ अस’ भन्दै विरोध परेकी छिन्। उनले रुसी सैनिकको विरोध गर्दै कपडा फुकालेपछि फ्रान्समा चलीरहेको कान्स फिल्म फेस्टिभलको अहिले विश्वभर चर्चा भइरहेको छ । सामाजिक संजालमा उनको भिडियो समेत भाइरल छ ।

उनीमाथि रुसी सैनिकले बलात्कार गरेपछि उनले विरोधको लागि यस्तो गरेकी हुन् । गत शुक्रबार जर्ज मिलरको “थ्री थाउजन्ड इयर्स अफ लंगिंङको” रेड कार्पेट प्रिमियरमा उनले एक्कासी आफूले लगाएको कपडा खोलेकी हुन् । उनको छातीमा बनाइएको युक्रेनको झन्डाको नीलो र पहेँलो रङको छेउमा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ भनेर लेखिएको थियो । आफ्नो शरीरमा लेखिएको बलात्कार विरुद्धको सन्देश प्रकट गर्न उनले आफ्नो लुगा फुकालेकी थिइन् । उनको शरीरको तल्लो भागमा रातो रङ्ग थियो र हातका पञ्जाका छापहरु पनि थिए ।

उनले कपडा फुकाली सकेपछि “हामीलाई बलात्कार नगर्नुहोस्” भनेर चिच्याएकी थिइन् । त्यसपछि सुरक्षाकर्मीले तुरुन्तै उनलाई घेरेर रेड कार्पेटबाट बाहिर निकालेका थिए । बाहिर निकाल्ने क्रममा उनी दुर्घटना समेत परेकी हुन् ।

रुस र युक्रेनको युद्ध सुरु भएपछि युक्रेनी महिला र बालबालिकाहरू सुरक्षित छैनन्। रुसी सेनाले कब्जा गरेको युक्रेनको क्षेत्रमा सयौँ बलात्कारका घटनाहरु समेत बाहिरिरहेका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मङ्गलवार कान्स उद्घाटन समारोहमा आफ्नो देशलाई सहयोगको लागि अपिल समेत गरेका छन् ।

तस्बिर स्रोत ः सामाजिक संजाल

बलात्कारको विरोध गर्दै कान्सको रेड कार्पेटमा अर्धनग्न युवती प्रवेश गरेपछि...

 

कान्सको 'रेड कार्पेट'मा 'रेड ड्रेस'मै सजिएकी सुरक्षा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation