अब भरतपुरमा जन्मिने छोरीलाई ७ हजार लिटर निःशुल्क खानेपानी र निःशुल्क बिमा

भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार बिहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् ।उनले अब भरतपुरमा जन्मिने छोरीलाई निस्शुल्क बिमा गरिने पहिलो निर्णय गरिन् भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निस्शुल्क गरिने बताइन् ।

 

छोरीलाई गरिने बिमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुग्ने उल्लेख गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation