![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/received_393257729418963.jpeg)
सुरेश परियार,जेठ १७ गते
नेपाली कांग्रेस सैनामैना नगरसमितिका सभापति रण बहादुर खनालले नवनिर्वाचित मेयर खेलराज पाण्डेलाई बधाई तथा सम्मान ज्ञापन गरेका छन् ।
आज विशेष समय लिदैँ कांग्रेस नगरसभापति रण बहादुर खनालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डलेलाई खादाद्धारा सम्मान ब्यक्त गरेका हुन् ।
सोही अवसरमा बोल्दै कांग्रेस नगरसभापति रण बहादुर खनालले जनताको सारथी बन्न आग्रह गरेका छन् । नमुना र समुन्नत बुटवल उपमहानगरपालिका बनाउन पहल र कसरत अथाह रहने विश्वास राख्दै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन् ।