सैनामैनामा चितुवाको आक्रमणमा परि एक घाइते

सुरेश परियार,जेठ १९ गते
रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् । उद्धार गर्ने क्रममा चितुवाले आज विहान सैनामैना वडा न.१० बेनतेनी बस्ने वर्ष ५५का राम कृष्ण थारु लाई आक्रमण गरेको हो । घाइते थारुलाई उपचारका लागी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जग्गनाथ मरासिनीले जानकारी दिए ।
प्रहरी निरिक्षक मरासिनीका अनुसार घाइते अवस्थामा आएको चितुवालाई नियन्त्रण गर्न खोज्दा ति पुरुषलाई आक्रमण भएको बताइएको छ । साथै,चितुवालाई स्थानीयले नियन्त्रण पश्चात मरेको छ । सो घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation