![](https://ujyaalopost.com/wp-content/uploads/2022/06/IMG_20220603_164629.jpg)
रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिकाको सबै ८ पदमा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्।
आज भएको कार्यपालिका निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी बनाउन सफल भएको एमालेले जनाएको छ।
सैनामैना नगरपालिकाका नगर प्रमुख सहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य गरि १७ जनाले जितेको सत्ता गठबन्धन कार्यपालिकामा भने अल्पमतमा परेको छ,भने उप प्रमुख सहित ७ वटा वडा अध्यक्ष र ३२ जना वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ।
निर्वाचनबाट एमालेका टेक बहादुर बिश्वकर्मा,डोल बहादुर सार्की,सूरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सिता थारु निर्वाचित हुनुभयो।
-
-
- अव सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना नेकपा एमालेले हात पारेको छ भने सत्ता गठबन्धन ५ जना सदस्यमा सिमित भएको छ यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा रहेको र गठबन्धनको १७ जना सदस्य रहेका छन ।
-