रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिलाई गर्‍यो माओबादी केन्द्रले सम्मान

नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समितिको आयोजनामा रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई गरेको छ। रुपन्देहीको सैनामैनामा अवस्थित त्रिमुर्ति होटेल तथा रिसोर्टमा ३६ जान जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो ।

यसैगरी रुपन्देहीमा रहेका बुटवल महानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका ,देवदह नगरपालिका , सम्मरीमाई गाउपलिका, कञ्चन गाउपलिका, गैडहवा गाउँपालिका गरि निर्वाचित जनप्रतिनिधि उपाध्यक्ष , वडाध्यक्ष र सदस्यहरु लाई सम्मान गरिएको थियो। यसैगरी मन्त्रालयमा चयन भएका वामदेव क्षेत्री र मुख्यमन्त्रीका स्वकीय सचीव सुदिप बिक , बार एसोसिएसन ,कोभिड ब्यवस्थापनमा खटिने र खानेपानी समितिमा निर्बाचित हुने नेता कार्यकार्ताहरु लाई समेत सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री चक्रपाणी खनाल (बलदेव)ले पार्टीमा भएको गल्ती कमजोरीलाई सचाएर पार्टी अघि बढ्ने बताएका छ्न । रुपन्देहीमा भएको कमजोरीलाई अझै यहाँ बसिएको हलबाट पार्टी लाई सच्चएर जानू पर्न समेत बताए । जसपालाई केही दिनमा पार्टी फुटाउन डा भट्टराई लागि परेको समेत बताए । हामिलाई बम हान्न हिडेका कमरेडहरु क्रान्ति भन्दा भन्दा बल्ल माओबादी केन्द्र सङ मिलेर एउटा वडा जितेर समिति  भएको उल्लेख गरे । उहाले माओबादीको कार्यनिति र हामीले ल्याएको ब्यवस्था बचाउन भए पनि चुनाबि गठबन्धन गरिएको बताय ।

  1. जसमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेव क्षेत्रीले निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई दिदै तपाईंले बोकेर हिडेको एजेन्डा लागू गरेर लाग्न समेत आग्रह गरे । यसैगरी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्श बराल र सबिधान सभा सदस्य सोनिया यादव लुम्बिनी प्रदेश माननीय दिपा बिक लगायतका नेताले कार्यक्रममा सम्बोधन गरेका थिए भने संचालन तथा अध्यक्षता नेकपा माओबादी केन्द्र रुपन्देही का अध्यक्ष निर्मल जिसिले गर्नुभको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation