ज्वाला सङ्ग्रौला बनिन् राप्रपाकी सामाजिक विभाग प्रमुख, प्रेस विज्ञप्तिसहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार वटा विभागीय प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो चार विभाग प्रमुख तोकेका हुन् । स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की चुनिएका छन् । त्यसैगरी, महिला विभाग प्रमुखको जिम्मेवारी मुख्यमन्त्री कुन्तीकुमारी शाहीलाई दिइएको हो ।

शिक्षा विभाग केन्द्रीय सदस्य राजेश गिरीले सम्हाल्ने छन् । सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौला मनोनयन भएकी छिन् ।

यसैगरी, निरञ्जन थापाको संयोजकत्वमा रहेको विवाद समाधान तथा छानबिन समितिलाई पनि पूर्णता दिइएको छ । धुलिखेलमा हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिले यो समिति बनाएको थियो ।

उक्त समितिमा महामन्त्री प्रह्लादप्रसाद शाह, सदस्य सचिव ऋषिबाबु परियार, केन्द्रीय सदस्य सरस्वती केसी अधिकारी र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation