
१२ गते, सैनामैना
रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्बर ११ सालझण्डिमा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत तिन दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिहरुलाई सिपमुलक तालिमहरु दिई आत्मनिर्भर वनाउने उदेश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा रहनु भएको नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले बताउनुभयो, साथै जिबनमा सिप सबैभन्दा ठूलो कुरा रहेको बताउदै यस स्थानमा उत्पादन भएका अगरबत्तिहरु सैनामैनाका सबै पुजा पसल सम्म पुराउन सके महिलाहरुलाई समान्य खर्च गर्नका लागि पनि आफ्नै कमाईले गर्न सकिने कुरा बताउनु भयो।
तस्तै उक्त कार्यक्रममा विशिष्टता अतिथि रहेका सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले यस स्थानबाट उत्पादन भएका बस्तुहरु रुपन्देहीमै उत्कृष्ट बस्तुको रुपमा उत्पादन हुने कुरामा आफू पुर्ण बिस्वस्थ रहेको भन्दै हामीले नि गर्बका साथ हाम्रो नगरपालिको उत्पादन रुपन्देहिकै उत्कृष्ट उत्पादन हो भनेर भन्न पाउने अवस्था आउनु पर्ने बताउनुभयो ।
यस्तै उक्त कार्यक्रममा अध्यक्षको रुपमा रहनुभएकी सैनामैना नगर उपप्रमुख विना रानाले हामी महिला परजिवी छौ त्यसैले अब अगरबत्ती उत्पादन गरेर केहि पैसा भएपनि अर्जन गर्न सकिने कुरामा जोड दिनुभयो। हामीले जो कोहिले पनि एउटा मात्रै यस्तो सिप सिक्नु पर्यो कि जुन सिपले हामिलाई आफ्नो जिबिका निर्वाह गर्नको लागि सहज होस र धेरै सीपमा हात नहाली एउटै सिपमा पोख्त हुनको लागि पनि आग्रह गर्नु भयो।
तीन दिन चलेको सो तालिममा सहभागी मध्ये लिला सापकोटा र सुश्मा सुनारले बोल्दै काम सजिलो र सस्तो मुल्यमा उत्पादन गर्न सकिने सकिने भएकाले हामिले सजिलै यो कार्य गर्न सकिने बताउनुभएको थियो भने उत्त तालिममा ४२ जनाको सहभगिता रहेको थियो । मनकुमाती राइको प्रशिक्षण र तुल्सा ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो