जनादेशका पूर्व सम्पादकलाई जनार्दनको प्रेस विज्ञमा नियुक्ति

अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा पुराना पत्रकार मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् । यसअघि सो जिम्मेवारीमा अजित अधिकारी थिए ।

माओवादी द्वन्द्वकालमा युध्द सँवाददाता रहेका धिताल पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका थिए । अस्ट्रेलियामा पनि उनी पत्रकारितामै क्रियाशील थिए ।

माओवादीमा डा। बाबुराम भट्टराईनिकट रहेका उनी भट्टराईले पार्टी छाडेर हिँडेपछि तटस्थ रहेका थिए । धिताल जुम्लाका स्थायी बासिन्दा हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation