सैनामैनामा तीज महोत्सव हुदैं

विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना कलौनिमा यहि भाद्र २ गतेबाट तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन लागेको हो ।

जय माता दि एम्युजमेन्ट एण्ड इेभेन्ट म्यानेजमेन्ट प्रा.लि. को व्यवस्थापन दुधराक्ष युवा क्लव र उमङ्ग म्युजीक प्रा.लि को संयुक्त आयोजनामा महोत्सव भाद्र १५ गते सम्म १३ दिन चल्ने आयोजक समितिले जानकारी दिएको छ ।

पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गर्दै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहित तीज महोत्सव गर्न लागेको दुधराक्ष युवा क्लवका अध्यक्ष तथा मेला संयोजक किरण पोख्रेलले जानकारीकारी दिनुभयो ।

तीज महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी, चन्द्र शर्मा, पशुपती शर्मा, राम्जी खाण, खुमन अधिकारी, प्रकाश सपुत, सन्तोष के.सी. लोक तथा दोहोरी गायिका देवी घर्ती, शान्तिश्री परियार, प्रिती आले, ज्योती मगर, सुनिता बुढा क्षेत्री तथा ¥यापर माइला लगाएतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उमङ्ग म्युजीक प्रा.लि.का अध्यक्ष तथा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलले जानकारी गराउनुभयो ।
पौडेलले विगत दुई वर्ष कोरोना माहामारीले दिदीबैनिहरुले तीज मनाउन नपाएको भन्दै यस वर्ष सम्पुर्ण दिदी बहिनीहरुलाई महोत्सवमा आएर भव्य रमाइलो गर्न निमन्त्रणा समेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation