
जनपक्षीय बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे निधन भएकाे छ।
मधुमेह र उच्च रक्तचापका बिरामी बरिष्ठ पत्रकार पाेखरेलकाे अहिले बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलवासमा निधन भएकाे हाे।
बुटवलबाट प्रकाशित हुदै आएकाे बुटवल टुडे दैनिकका नियमित स्तम्भकार पाेखरेललाई सरकारले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानीकाे सम्मान दिएकाे थियोे।
२०११ सालमा प्युठानमा जन्मेका पाेखरेल १ श्रीमती २ छाेरा र बुहारीका साथ लामाे समयदेखि बुटवलको बेलवासमा बस्दै आएका थिए।