रुपन्देहीको क्षेत्र नं ५ बाट खिमलाल भटराईको नाम सर्बसम्मत सिफारिस

बुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य समेत रहेका भटराईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

एमालेको शक्तिशालि मानिएको बिद्यार्थी संगठन अनेरास्ववीयुका पुर्व अध्यक्ष समेत रहेका भटराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षीदलका प्रमुख सचेतक हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation