
भारतको राजधानी नयाँ दिल्लीमा त्यहाँको प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बजार भाउअनुसार करिब १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिक समातिका छन् ।
उनीहरूबाट १० किलो शुद्ध हेरोइनसमेत बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरूलाई राजधानी नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकै मेथापुर रोडबाट नियन्त्रणमा लिइएको हो ।
छ वर्षदेखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिम विदेशबाट सञ्चालित लागुऔषध तस्करीमा संलग्न भएको आशंका गरिएको थियो ।
दुई अफगान नागरिकको पक्राउ र उनीहरुबाट फेला परेको ठूलो परिमाणको लागुऔषधले अन्तर्राष्ट्रिय संलग्नतालाई पुष्टि गरेको प्रहरीको दाबी छ ।