
नगेन्द्र केसी, रुपन्देही ।
बुटवल उपनगर पालिका १६ सेमलार रुपन्देहीमा अवस्थित नमुना महिला बिकास वचत तथा ऋण सहकारी संस्था लि को १७ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। संस्थाको कार्यबाहक अध्यक्ष जमुना उपाध्यायको अध्यक्षतामा र नेपाल बचत तथा ऋण सहकारी सस्थाका केन्द्रीय समिति सदस्य एवं लुम्बिनी प्रदेश संयोजक सन्दिप सापकोटाको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी बैंक लि का प्रबन्धक नारायण बेल्बासेको विशिष्ट आतिथ्यम आइतवा। कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि सन्दिप सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै यश सहकारी संस्था प्रदेशकै नमुना संस्था रहेको बताए। यश संस्थाका स्व,थमा कुमारी अधिकारीको असामायिक निधनप्रति दुख ब्यक्त गरेका थिए।सो यश सहकारी संस्थाले महिलाहरूको हितमा कार्य गर्ने महिलाहरूलाई उद्धमी तर्फ लैजानुपर्ने मा जोड दिदै सिपमुलक तालिमको व्यवस्था गरि महिलाहरूलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए। सो कार्यक्रममा नमुना महिला विकास सहकारीका का,ब,अध्यक्ष जमुना उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत र लेखा सुपरिवेक्षण समितिका संयोजक शिक्षा काफ्लेको लेखा प्रतिवेदन प्रस्तुतमा संस्थाको आ,ब,२०७८र७९ असार मसान्तसम्म संस्थाका अवस्था शेयर पुँजी २ करोड ४० लाख ६३ हजार एक सय छ। भने निक्षेपमा २३ करोड ४५ लाख २२ हजार ५ सय ५३ रुपैया रहेको छ।ऋण लगानीमा २४ करोड ९७ लाख १९ हजार ७ सय ९३ रुपैया रहेको छ।भने संस्थाको कुल सम्पत्ति ३० करोड ९० लाख ६७ हजार ५सय ६७ रुपैया रहेको लेखा सुपरिवेक्षण समितिका संयोजक शिक्षा काफ्लेको लेखा प्रतिवेदन प्रस्तुत गरिएकोमा साधारणसभाले सर्वसम्मत पारित भएको थियोे।
उक्त कार्यक्रममा नेफ्स्कून बुटवल फिल्ड कार्यालय प्रमुख छत्र प्रसाद धमला,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, भाष्वत कृषि सहकारी संस्था लि को अध्यक्ष प्रेम प्रसाद पाण्डे, शेयर सदस्य को तफबाट तुल्सि भट्ट लगायतले शुभकामना व्यक्त गरेका थिए। सदस्यहरुलाई बिभिन्न बिधामा सम्मान गरिएको थियो। कुल सदस्य संख्या ४०४६ रहेको संस्थामा ७६ प्रतिशत सदस्य उपस्थित सहित साधारण सभा सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाकी ब्यवस्थापक मन्जु गोदारको संचालनमा सम्पन्न भएको थियो।