रुपन्देही क्षेत्र न ५ (क) मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दलको महिला भेला सम्पन्न भएको छ । सोमवार रुपन्देही क्षेत्र न ५ (क) को कन्चनमा भएको महिलाहरुको कार्यक्रमलाई सम्वोधन गर्दै रुपन्देही क्षेत्र न ५ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धार भरत कुमार शाहले यस क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार भएको भन्दै ति समस्या समाधानमा आफु प्रतिवद्ध भएर लाग्ने बताए ।
उनले विगतमा यस क्षेत्रमा भएका अधिकासं समस्या समाधान गरिसकेको भन्दै बाँकी समस्या र विकास निर्माणका काममा आफ्नो पहिलो प्राथमिकता रहने बताउदै सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियम माथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका विरुद्ध अहिले गठबन्धन भएको समेत बताए । उनले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएकाले गठबन्धनका दलहरुलाई विजयी बनाउन आग्रह समेत गरे । घर परिवारलाई सहि मार्गमा डोर्याउन महिलाको अहम भुमिका भए जस्तै समाज, राज्य व्यबस्था संगै राजनीतिक तथा आर्थिक परिवर्तका लागि महिला मतदाताको सबै भन्दा महत्वपुर्ण भुमिका रहेको बताउदै महिला सहभागिता विना परिवर्तन सम्भव नभएकाले अग्रमन पक्षधरलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा क्षेत्र नं। ५ ९क० का प्रदेश सभा सदस्य पदका उम्मेदवार विनोद पहाडिले जनताका हरेक समस्यामा आफुु सधै साथ रहेको बताए । उनले अहिलेको निर्वाचन दलहरुबीचको हारजीतको लडाइँ भन्दा पनि राष्ट्रियता जोगाउने र भत्काउने शक्तिहरु बिचको लडाइँ भएको भन्दै गठबन्धनका उम्मेदवारहरुले आगामी निर्वाचनमा राष्ट्रियताको पक्षमा जनमत उभिने दाबी गरे ।नेकपा एमालेको सर्वसत्तावादी सोचलाई परास्त गर्नका लागि पनि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए । उनले आफु संविद्यान सभा सदस्य हुदां महिला सशक्क्तिकरणका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै आमाको नामबाट नागरिकता पाउने व्यबस्था तथा पछाडि परेको बर्ग समुदायको उत्थानका लागि विभिन्न किसिमका आरक्षणको व्यबस्था गरि आवाज विहिनको आवाज र अधिका। विहिन नागरिकलाई अधिकार सम्पन्न गर्याउनका लागि संबिधानमै लेख्न जोड दवाव सिर्जना गरेको भन्दै अब संविद्यानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न गरायन र नागरिकको जनजीवन सुर्धान पनि गठबन्धनका उम्मेद्धारलाई जीताउनु पर्ने बताए ।
चुनाव जिते संगै आफनो क्षेत्रमा खरको छाना हटाउने, वैदेशिक रोजगारीबाट अपमानित भएर फर्किएका महिलाहरुको शुरक्षाका लागि सम्मानजनक वैदेशिक रोजगार नीति बनाउन पहल गर्ने, घुम्ति स्वास्थ्य सेवा सञ्चालन,महिला बिद्याल स्थापना, नमुना महिला शुरक्षा आवास गृह स्थापना लगाएतका जनता संग प्रत्यक्ष सरोकार राख्ने बिषयमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेकाले चुनावमा गठबन्धनका उम्मेद्धार सहित आफलाई चुनावमा जिताएर काम गर्ने अबसर दिन अपिल गरे। अब महिलाहरुको अधिकार सुनिश्चीत गर्न चुनावमा पार्टी नभै व्यक्ति परिवर्तन समेत आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही ईन्चार्ज हकि कुल्लाह खां,नेपाली कागं्रेश लुम्बिनी प्रदेश कमिटी सदस्य विष्णु पोख्रेल, नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिशी, नेपाली कागं्रेश रुपन्देही जिल्ला उपसभापति अनिता शाह, महिला नेतृ रिज्जु श्रेष्ठ लगाएतले बोल्दै हिजोको विगत भुलेर आज जसरी हुन्छ, बाम लोकतान्त्रिक गठबन्धनका उम्मृद्धारलाई जिताउन पहल गर्नुपर्ने बताए । कार्यक्रम दिपीका शर्माको अध्यक्षता तथा राधिका चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।