गठबन्धन ताेड्ने प्रचण्डको तयारी

५ दलिय गठबन्धन ताेडिने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री नदिने भएका छन् । आफूनिकटका नेताहरुले प्रचण्डलाई कुनैपनि हालतमा पहिलो चरणमा प्रधानमन्त्री नदिन भनेपछि देउवा यो निश्कर्षमा पुगेका हुन् ।

पछिल्लो समय प्रचण्डले आफूनिकटका नेताहरुसँग जुनसुकै बेलामा गठबन्धन टुट्न सक्नेबारे ब्रिफिङ गरेका छन् । उनी गठबन्धनबाटै पहिलो चरणमा प्रधानमन्त्री हुन चाहन्थे । तर, कांग्रेसले कुनैपनि हालतमा पहिलो चरणमा दाहाललाई प्रधानमन्त्री स्विकार नगर्ने भएपछि उनी गठबन्धन तोड्ने निश्कर्षमा पुगेका हुन् ।

कांग्रेसमा गठबन्धन बनाउन लागिपरेका नेताहरु नै अहिले गठबन्धन तोडिन लागेकोमा चिन्तित छन् । प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्री दिन नहुने पक्षमा उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, नेताहरु रमेश लेखक र एनपी साउदले सभापति देउवालाई आग्रह गरेका छन् ।

प्रचण्डले आफूले कांग्रेसबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्ने अवसर नपाए गठबन्धन तोडेर बरु प्रतिपक्षमै बस्ने तयारी गरेका छन् । यो बीचमा माओवादीले एमालेसँग सहकार्यको लागि नयाँ शिराबाट पहल थालेको छ । दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसँग भेटवार्ता गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भने छलफल हुन सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation