सुस्मिता हत्याकाण्ड: आरोपीत सवैलाई दोषी ठहर गर्दै जेल चलान

२ वर्ष अघि हत्या गरिएकी सुस्मिता के.सी को हत्याराहरुलाई मकवानपुर अदालतले विहिवार दोषी ठहर गरेको छ ।

कपिलवस्तुबाट विवाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा २०७७ असार १ गते परिवार मिलेर हत्या गरिएको थियो । सो घटनामा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापा समेत रहेका थिए ।

पुर्पक्षका लागि थुनामा रहेका उनिहरुलाई विहिवार मकवानपुर अदालतले दोषि ठहर गरेको हो । हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिलको कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको थियो ।
कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ८ बस्ने सुस्मिताको माइती २ वर्षदेखि न्यायको याचना गर्दै मकवानपुर अदालत धाउदै न्यायको लडाईमा थिए ।

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्य चोक स्थित आफ्नै घरको भान्सा कोठामा घरपरिवारको मिलिमतो डिजाइनमा सुस्मिताको हत्या गरिएको थियो । ४ दिनदेखिको लगातारको वहसपछी न्यायाधिस श्री प्रसाद सन्जेलको एकल ईजलासले उनिहरुलाई दोषि ठहर गरेको हो । सुम्मिताका ठुलोबुवा हेम बहादुर खड्काले भने “यो हामीले मात्र होईन राष्ट्रले पाएको न्याय हो हामीले ढाई वर्षदेखि गरेको अनवरत लडाई सफल भयो यस कार्यमा सहयोग पुर्‍याउने न्यायाधिस लगाएत सम्पुणर्लाई धन्यवाद ज्ञापन गर्दछु । अव सुस्मिता जस्तो यो देशमा कुनै चेलीले ज्यान गुमाउन नपरोस ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation