बनकट्टी टोल बिकास सस्था सैनामैनामा नयाँ नेतृत्व

सैनामैना नगरपालिका वडा न ११, बनकट्टी टोल बिकास सस्थाको ९ सदस्य नयाँ नेतृत्व चयन भयको छ ।
सस्थाको आज बसेको भेलाले खिमानन्द पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो, बिगत लामो समयदेखी अध्यक्षमा सहमती हुन नसकेका कारण पटक पटक स्थगित हुँदै आयको भेला आज भने नयाँ नेतृत्व चयन गर्न सफल भयको सस्थाका निबर्तमान अध्यक्ष गोबिन्द पोख्रेलले बताउनुभयको छ ।
भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै वडा न ११का वडा अध्यक्ष राम प्रसाद भुसालले नितान्त समाजसेवाको रुपमा रहने टोल बिकास सस्थामा पनि अध्यक्षमा थुप्रैको उम्मेद्बारी आउनु सकारात्मक भन्दै, सबै मिलेर टोललाइ अगाडि बढाउन आग्रह गर्नुभयको छ । सबैको सहयोग र हातेमालो गर्ने साङलोको रुपमा टोलबिकास सस्था रहेको भन्दै उतरदायी, जवाफदेही र आफ्नो कार्यकाल उदाहरणीय बनाउन सबैको उत्तिकै भुमिका हुने उल्लेख गर्नुभयको छ ।
भेलामा समाजसेबी मीन प्रसाद घिमिरे, कृष्ण घिमिरे , सारदा घिमिरे, बिकास रेग्मी लगायत टोलका अगुवा समाजसेबिको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको थियो । खिमानन्द पोख्रेल अध्यक्ष रहेको नयाँ कार्यसमितिमा उपाध्यक्ष पुनाराम सापकोटा, सचिबमा राम प्रसाद पोख्रेल र कोषाध्यक्षमा कमला घिमिरे रहेको ९ सदस्यीय कार्यसमिती चयन गर्दै सम्पन्न भयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation