
रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राती करिब ७ बजे कोटहीमाइ गाउपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।
जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ ।
गाेलीकाे आवाज सुनिएपनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारी छ मानविय क्षति केही नभएपनि गाेलीकाे खाेका बरामद भएकाे प्रहरीले जनाएकाे छ । घटना स्थल नजिकैबाट प्रहरीले भारतिय नागरिक सहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । बढ्दाे हुस्सुकाे कारण घटना स्थल तर्फ प्रहरी साेचे अनुरुप अनुसन्धान गर्न सकेकाे छैन ।
केही दिन देखि प्रहरीले सिमामा तस्करी शून्य गर्न कडाई गरेकाे छ, तस्करी हुने क्षेत्र रहेकाेले तस्करहरुले डराउनका लागि केही पडकाएकाे जस्ताे लागेकाे स्थानीयले भने ।