
मासु व्यवसायी संघ रुपन्देहीले मंगलवार बुटवलमा बनभोज तथा उपहार घोषणा कार्यक्रमको आयोजना गरेको छ ।
संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मासु व्यवसायी संघका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले उपभोक्तालाई स्वच्छ मासु विक्री गर्नु व्यवसायीको धर्म रहेको बताउँदै आगामी दिनमा मासु व्यवसायीमाथिको उपभोक्ताको गुनासो कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मासु व्यवसायी संघलाई यहाँसम्म ल्याउन संघका संस्थापक र पूर्व अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको ठूलो भूमिका रहेको बताउँदै आगामी दिनमा व्यवसाय गर्दा व्यावसायीक धर्म निर्वाह गर्दै समस्यालाई पनि चिर्दै अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका प्रेस सल्लाहकार नविन घिमिरेले मासु व्यवसायीप्रति उपभोक्ताको गुनासो बढ्दै गएको बताउँदै व्यवसायलाई स्वच्छ वनाउन मासु व्यवसायी संघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
मासु व्यवसायी संघका महासचिव विशाल थापाको संचालनमा भएको कार्यक्रममा मासु व्यवसायी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण घर्तीले पनि व्यावसायीक एकताका साथै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न जोड दिनुभएको थियो ।
सोही अवसरमा संघले चिट्टामार्फत कार्यक्रममा सहभागी मासु व्यवसायीलाई डि फ्रिज २ जनालाई, पाँच जनालाई किमा मेसिन, डिजिटल तराजु २० जनालाई र गम्बुट र दाउ २० जनालाई घोषणा गरिएको थियो । उक्त सामान संघको आगामी साधारण सभामा वितरण गरिने अध्यक्ष घिमिरेले बताउनु भयो