
सैनामैनास्थित श्री उपहार उद्यमी महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन : शारदा घिमिरे चालिसे विजयी हुनुभएको छ । सैनामैना २ उछडिहवास्थित श्री कालिका आधारभुत विद्यालयको प्राङ्गणमा भएको चौथो अधिवेशनबाट घिमिरे अध्यक्षमा विजयी हुनुभएको निर्वाचत अधिकृत रामप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
कूल १ हजार ४ सय २९ खसेको मतमध्ये घिमिरेले ९४७ मत प्राप्त गर्नुभयो । घिमिरेसहित अध्यक्षमा जानकी शर्मा र होनादेवी पौडेल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । शर्माले ६४ र पौडेलले १ सय मत प्राप्त गर्नुभयो । सहकारीको उपाध्यक्षमा सुजनी थारु ८८७ मतसहित विजयी हुनुभएको छ ।
त्यसैगरी ५ सदस्यका लागि सदस्यहरुमा १५ जनाबिच प्रतिस्पर्धा भएको थियो । जसमा शुसिला थापाले ८०२, लक्ष्मी आचार्यले ७४२, देउमाया वि.क पुनले ७२९, जुना खनालले ६९६ र लक्ष्मी ढकालले ६९० मत प्राप्त गर्दै सदस्यमा विजयी हुनुभयो ।
आइतबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो । १२६ मत भने बदर भएको थियो ।