बुद्धद्विप बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न

  1. रुपन्देहीको कञ्चन गाउँपालिका ५ मा रहेको बुद्ध दिप इंगलिस बोर्डिङ स्कुलको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
    बार्षिक उत्सव तथा अभिभावक दिवसको उदघाटन गर्दै रुपन्देही क्षेत्र नं. ५ का संघीय सांसद बासुदेव घिमिरेले शिक्षालाई प्रविधिसंग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले रुपन्देहीमा शिक्षा क्षेत्रमा नीजि क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा कञ्चन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालले शिक्षा शान्ति निर्माण र मानव विकासका लागि अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिदै शिक्षकहरुको अनबरत प्रयासले मात्रै कुनैपनि विद्यालयले राम्रो नतिजा दिने बताउनु भयो ।

    त्यसैगरी प्याप्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, कन्चन ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, ४ का वडा अध्यक्ष केशरवहादुर क्षेत्री, ५ नं. वडाका अध्यक्ष कुलप्रसाद पौडेल, विद्यालय सल्लाहकार लक्ष्मीदत्त पौडेल, फर्सुराम पन्त, विष्णु नारायण श्रेष्ठ, बालकृष्ण पराजुली, गौरा थापा, खानेपानीका अध्यक्ष गेमवहादुर थापा, केजीकुमार पौडेल, केशरवहादुर खत्री, देवीराम रेग्मी लगायतले बोल्नुभएको थियो ।
    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लेखनाथ पौडेलले विद्यालयको गतिविधिको विषयमा प्रकाश पार्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation