
बुटवल। अखिल(क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई समितिको बैठकले स्ववियु अध्यक्षमा हिमाल खनाललाई सिफारिस गरेको छ ।
बैठकको अध्यक्षता मुल इकाई अध्यक्ष हिमाल खनालले गरेका थिए। प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का लुम्बिनी प्रदेस समिती सदस्य पुष्पराज ढकाल(क्षितिज) अतिथिमा अखिल(क्रान्तिकारी)केन्द्रिय सचिवालय सदस्य माधब पाण्डे , जिल्ला इन्चार्ज सौरभ भुसाल र जिल्ला उपाध्यक्ष टिकाराम आचार्य रहेका थिए।
बैठकमा प्रमुख अतिथि ढकालले स्ववियु निर्वाचनमा (अखिल क्रान्तिकारी)ले सबैको मन जितेर अगाडि बढ्न र स्ववियु महत्त्वलाई अझ प्रभावकारी बनाउनुपर्ने जोड दिए।
अध्यक्ष हिमाल खनालले सबैलाइ कटिबद्ध तरिकाले अब मैदानमा उत्रनको लागि आग्रह गरेका छन्। आगामी निर्वाचनमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगको गर्न निर्देशन समेत दिए।
मुल इकाईले रिक्त रहेको सह-सचिव पदमा क्रमश: संगिता घर्ती मगर,उक्तम खड्का र प्रतीक्षा खनाललाई सर्वसम्मत मनोनयन गरेको छ ।