सैनामैना ४ को प्रशासनिक भवन उदघाटन

सैनामैना नगरपालिका वार्ड नं ४ को नयाँ वार्ड कार्यालय प्रसाशनिक भवनको शुक्रबार एक समारोहका बीच उदघाटन भएको छ । संघीय सरकारको समपुरक अनुदान अन्तर्गत उक्त वडा कार्यालय भवन रेसुंगा कन्सट्रक्सन बाणगंगा कपिलवस्तुले ५६ लाख ८४ हजारमा निर्माण सम्पन्न गरेको हो ।
नयाँ प्रशासनिक भवनको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाको विकासका लागि राजनैतिक दल, संघसंस्था, नागरिक समाज लगायत सवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले नगरपालिकाले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई खुसी बनाउन सकियो कि सकिएन त्यो नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै सेवाग्राही फर्किएर जाँदा उ सेवाबाट कत्तिको प्रभावित भएको छ त्यो हेर्नु जरुरी छ भन्नुभयो ।

 

 

कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीले अव सेवाग्राहीले नयाँ वडा कार्यालय भवनबाट सेवा पाउने भएकोमा खुसी व्यक्त गर्दै तर सेवाग्राही गेटबाट बाहिर निस्कदा कुण्ठा, रिस, आवेग र अध्यारो अनुहार लगाएर कुनैपनि सेवाग्राही जानु नपरोस भन्नेतर्फ वडा कार्यालयको ध्यानाकर्षण गराउनु भयो ।

 

 

सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगरपालिकाले वडा नं. १, २ र ५ बाट पनि छिटै आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्ने तयारी भैरहेको बताउँदै ४ नम्बरको नयाँ वडा कार्यालय भवनबाट सेवाग्राहीले छिटो छरितो रुपमा सेवा पाउने विश्वास ब्यक्त गर्नुभयो ।

वडा कार्यालय भवनको उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगरपालिकाले सेवाग्राहीलाई तत्कालै सेवा प्रवाह गर्ने नीति लिएको बताउँदै अव ढिलासुस्ती गरेर अलमल्याउने अवस्थाको अन्त्य भैसकेको उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिकाका सूचना अधिकारी केशव अर्यालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत वडा सदस्य तेजेन्द्र स्ुवेदीले गर्नुभएको थियो । वडा अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज न्यौपाने, वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष धनबहादुर कार्की लगायतले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation