रारा हेर्न सारा सैनामैना महोत्सवमा आउने

यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नाराका साथ महोत्सव सैनामैना–२, कालिका चोकमा हुदैं छ । यस महोत्सवको मुख्य आकर्षकको रुपमा रारा ताल बनाइएको छ ।
कस्तो छ राराको बिशेषता ?
दिनभरीमी आफ्नो रुप फेरिरन्या राराताल जेष्ठ बठे आश्विन महिना सम्म विभिन्न फुलुनले सजिएर स्वर्गकी अप्सरा जसो देखिन्छ। रारातालको दोसरो एक थप विशेषता के छ भन्या यई तालमी विश्वका और तिर काइ लै नपाइने असला ९हिमाली० माछा पाइनान। रारातालबठे करीब ३ घण्टाका पैदल यात्रा पछा यईको पश्चिमतर्फ रया मुर्माटपमी पुग्दु सकिन्छ । जा बठे रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गग्द्दु सकिन्छ । यई तालमी सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य धेखिनाको साथै और ठाउँमी कहीं नपाइने ुअसलाु जातो माछा पाइन्छ ।

नेपालको कर्णाली अञ्चला मुगुमी अवस्थित नेपालो सबहै ठूलो रे प्रसिद्ध ताल हो । यै ताल समुद्र सतहबठेइ २,९७२ मिटर उचाईमी अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबठेइ परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरया पछा राराताल पुगिन्छ । १०।८ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर रे अधिकतम चौडाई ३।२ किलोमिटर छ भन्या गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमी श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्ज को मनोरम हरियाली येइमी पाइन्या कस्तुरी, रतुवा जसा जन्तुनका साथै नेपालको राष्ट्रिय चरो डाँफे रे और चरा चुरुङ्गीअनले समेत थप शोभा पुर्याएका छन् । ये का वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमी फैलिया छ ।

 

महोत्सव उद्धघाटन हुन अब ३ दिन मात्र बाँकी छ । स्टल निर्माणको काम सकिन लागेको र स्टल बुकिङ्गको काम धमाधम भइरहेको छ ।
‘स्टलमा विशेष गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । ‘यस क्षेत्रका उद्योगी व्यवसायीलाई राहत दिलाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ महोत्सवमा करिब १ सय ५० स्टल रहने जानकारी गराउदैं हालसम्म करिब ५० भन्दा वढी स्थानिय उद्योगीहरुले स्टल बुकिङ्ग गरेकोे बताउनु भयो । महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा होइन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हाम्रो निती हो ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने गरी स्टलहरु निमार्ण तथा महोत्सव स्थलको सौन्दर्यीकरणको काम भइरहेको प्रचार प्रसार संयोजक गोबिन्द पोख्रेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation