
सैनामैना पर्रोहा परमेश्वर नमुना माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । एक भब्य समारोहकाबिच सैनामैना पर्रोहा परमेश्वर नमुना माविले आफ्नो ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मााको प्रमुख आतिथ्यता तथा उप्रमुख बिना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, पूर्व प्रदेश सभा सदस्य कमला विश्वकर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सामुदायिक विद्यालयहरुमा सैनामैना पर्रोहा परमेश्वरले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
उहाँले यस विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिदैँ अघि बढेको बताउँदै आगामी दिनमा समेत थप कार्यत्रमmका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालयको वार्षिक प्रगति विवरण एवम् आगामी योजनाबारे प्रकाश पार्नुभयो ।
दिवसको अवसरमा विशिष्ठ अतिथि पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, रामापुर माध्यमिक विद्यालयका प्राचाय कृष्ण पौडेल लगायतले बोल्दै नमुना विद्यालयको रुपमा अघि बढेको विद्यालयले अझै सफलता प्राप्त गरोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयमा विभिन्न खेलकुद, वादविवाद, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य यमानन्द चालिसेको स्वागत तथा सूचना अधिकारी हरिराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
विभिन्न विद्यालयका प्राचार्य एवम् प्रतिनीधि, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।