स्ववियु चुनावकै मुखमा सिद्धार्थ क्याम्पसमा ताला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ। टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौंलाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो।

आगमी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउंसो ३ वजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो। संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ वजे भएपनि २ वजे अगाडी नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जांदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालावन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation