रुपन्देहीको कञ्चनमा जारी कञ्चन कप २०७९ को अन्तिम प्रस्पिर्धामा बाँकेको नेपालगञ्ज ११ र नवलपरासिको फोर ब्रोदर्श एक आपसमा आमने सामने हुुदैँ छन । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा यही फागुन ५ गते देखि शुरु फुटवल प्रतियोगितको आज दिउँसो १ देखि फाइनल खेल भइरहेको छ ।
आजको फाइनल प्रतिस्पर्धाका लागि फोर ब्रोदर्श एफसी नवलपरासीले केबिए ग्लोवल भरतपुर एफसी चितवनलाई पराजित गरी फाइनमा प्रवेश गरेको थियो भने नेपालगञ्ज ११ ले नवलपुरको २८ विगाहलाई पराजित गरी फाइनल प्रवेश गरेको थियो । फुटवल प्रतियोगितामा कञ्चनको एकमात्र प्रतिस्थित खेलको रुपमा हेरिदै आएको प्रतिस्पर्धामा देशभरका उत्कृष्ट १२ फुटवल टिमहरुले सहभागिता जनाएका थिए ।
फाइनल प्रतिस्पर्धामा पुगेका दुई टिममा बिदेशी खेलाडीहरुले समेट प्रतिस्पर्धामा सहभागी हुने भएकोले आजको खेल निकै रोजक र शनसनीपुर्ण हुने दर्शकहरुले अनुमान गरेका छन् । यस अघिका खेलहरुमा दुवै टिमका डिफेडरहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको हुनाले पनि दुवै टिमका स्टराइकरहरुबाट गोल गर्ने सम्भावना निकै कम हुने आँकलन गरिएको छ ।
आजको खेल दिउँसो १ बजे देखि शुरु हुनुपुर्व सामुदायिक तथा संस्थागत बिद्यालयका विद्यार्थीहरुबाट मार्चपास तथा सामुदायिक नृत्य सहित स्थानीय आमा समुहबाट विभिन्न जातजातीको कला र संस्कृति झल्किने साँस्कृतिक झाँकी प्रर्दशन हुने खेल संयोजक शंकर थापाले जानकारी दिनु भयो ।
आजको फाइनल प्रतिस्पर्धामा विजेता हुने टिमले २ लाख २२ हजार २२२ रुँपैया सहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ११ हजार १११ रुँपैया सहित मेडल र प्राप्त गर्ने हिमालय सामुदायिक बिकास केन्द्रका सचिव टीका थापा मगरले जानकारी दिनु भयो । हिमालय गोल्डकपको १४ औँ संकरणको रुपमा रहेको कञ्चन कपको समापन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु हुने छ ।