सैनामैना मेलामा आज प्रकाश पराजुली सहितका कलाकार आउने

फागुन २२, सैनामैना ।

सैनामैना महोत्सवको आज पाँचौ दिन । दैनिक रुपमा मेला हेर्ने दर्शकको संख्या पनि बढ्दै गएको छ भने साँस्कृतिक कार्यक्रम पनि रोचक बन्दै गएको छ । पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा सोमबार चर्चित लोक तथा दोहोरी गायक प्रकाश पराजुली, लोक तथा दोहोरी गायिकाहरु सुमन थापा मगर, शिलु भट्टराई र रेनुका भट्टराईको प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा सैनामैना डान्सिङ्ग आइडल, मम्मी डान्स आईडल र टप सोनी गुप्रको धमकेद्धार प्रस्तुति समेत रहने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो । २८ गतेसम्म सञ्चालन हुने मेला सैनामैना २ कालिकाचोक स्थ्ति मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation