
फागुन २२, सैनामैना ।
पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि सिद्दार्थकी एन्जलले हात पारेकी छिन् । सिद्धार्थ मेमोरियल स्कुलकी छात्रा एन्जल कार्कीले उपाधिसँगै नगद १० हजार हात पारिन् । सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयकी छात्रा अस्मिता पोखरेलले द्वितीय स्थान हासिल गर्दै नगद ७ हजार हात पारिन् ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत रहेकोे वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी इङ्गलिस बोर्डिङ्ग स्कुलकी छात्रा स्वीकृती पाण्डे तृतिय भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् । यस्तै बुद्ध इङ्गलिस स्कुलको छात्र समीर अधिकारीले सान्त्वना हुँदै नगद २ हजार ५ सय प्राप्त गरेको अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो ।
विद्यार्थीको अन्तरनिहीत प्रतिभा र वाल कलालाई प्रस्फुटन गर्ने उद्देश्यसहित वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको सैनामैना व्यापार संघले जनाएको छ ।
सैनामैना व्यापार सँघद्वारा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितको शिर्षक “सैनामैनामा व्यापारको महत्व ,सम्भावना र चुनौति” रहेको थियो । कार्यक्रम संयोजक वनको अध्यक्षता एवम सञ्चारकर्मी चन्द्रा बस्यालको सञ्चालनमा सम्पन्न भएको हो ।