![](https://ujyaalopost.com/wp-content/uploads/2023/03/FB_IMG_1678234929186.jpg)
बुटवल । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ ।
बुधवार एक शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर गरेको नेतृत्व अनुकरणीय रहेको जनाउनु भएको छ ।
उहांले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ – ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्यको स्मरणले यस क्षणमा मुक्ति र स्वतन्त्रताको विषयले अझै गम्भिर तुल्याएको छ । राजनीतिक क्रान्तिका लागि गरेको त्याग तपस्या र वलिदानीको गौरवगाथा नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा न्यायप्रेमी महिला दिदी बहिनीहरुले नेपालको राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको म उच्च सम्मान व्यक्त गर्दछु ।’
नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भएपनि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाहरुको समान सहभागिता अझै वृद्धि हुन नसकेको उल्लेख गर्नुहुदै उहांले महिला मैत्री नीति र व्यवहार अंगिकार गर्दै लैङ्गिक समानताको बलियो आधार बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
उहांले सामाजिक, राजनीतिक, सांस्कृतीक संगै आर्थिक अधिकारमा महिलाहरुको अग्राधिकार शुनिश्चितताको लागि तीन तहको सरकारले अझै बढी ध्यान पु¥याउनेछ भन्ने विश्वास लिएको उल्लेख गर्नु भएको छ ।
प्रविधिमा पहुँचको विस्तार गरि व्यवसायीक र उद्यमशिलताको विकासबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन सकिने पनि सभामुख घर्ती मगरले जनाउनु भएको छ ।