आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन् ।
यसअघि नेपालले कुसल मल्लको रुपमा दोस्रो विकेट गुमाएको थियोे ।
उनलाई असाड भालाले क्याच आउट गराएका हुन् । नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल ब्याटिङमा आएका छन् । नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।