राष्ट्रपति चुनावमा मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।

उनको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation