सैनामैनामा भएको घटनामा संलग्न भएको आशंकामा ३ युवा पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका २ उचडिहवामा एक युवाको हत्या भएको छ । हत्याको आरोपमा तीनजना पक्राउ परेका छन । मंगलवार राती हत्या भएको भएपनि मृतकको शव भने सनाखत हुन सकेको छैन ।
हत्यामा संलग्न तीन जनालाई प्रहरीले नियत्रणमा लिएर अनुसुन्धान सुरु गरेको छ ।
युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका २ बस्ने शिशिर थारु, अघाँखाची घर भई सैनामैना २ बस्ने धुब बिसी र नवलपरासी बर्दघाट घर भई सैनामैना बावरी होटलमा काम गर्ने सन्दिप भन्ने शेरबहादुर बोहोरालाई प्रहरीले प्रकाउ गरेको हो ।
घटना बिबरण अनुसार सैनामैना–२ उचडिहवामा रहेको कोशेली रेण्टुरेन्टमा चारजना युवाले मदिरा सेवन गर्छन । मदिरा सेवन गरेपछि यु्वाहरुबीच झगडा हुन्छ ।
मदिराले लठिएका ४ युवाहरुविच विवाद विवाद बढ्दै जाँदा हत्यासम्मको योजना बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार घटना हुने मूख्य कारणमा मृतकसंग नगद भएको र उक्त नगद लुटने योजनामा युवकको हत्या भएको पाइएको हो । होटलमा केही बिवाद भएपछी ३ जना मिलेर हत्या गर्ने उदेश्य सहित माथि एकान्तमा लगेर कुटपिट गरी ढुङ्गा र बोतलले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान स्थानीयले खेतमा लाश देखेपछि इलाका प्रहरी कार्यालय रन्यौरालाई खबर गरेका थिए ।
प्रहरीले तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation