प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation