उपराष्ट्रपति यादवले भोलि शपथ ग्रहण गर्ने

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमवार भोलि पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमवार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । चुनावमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति चुनावको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation