
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने बताए ।
‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिराख्ने ड्राइभरले ‘मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि डा्रइभर हामफलोर तैट म पुरानै गाडी चलाउँछु भनेर हिडेपछि हामीले के गर्ने ?’
आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।
उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनिबताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने ।